बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तुइन चुँडिएर महाकाली नदीमा एक जना बेपत्ता

बिहिबार, असार २३ २०७९

दार्चुला । तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् ।

दार्चुलाको ब्यास गाउँपालिका २ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । 

तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।