बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाकै जिम्मामा अर्थ मन्त्रालय 

बिहिबार, असार २३ २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभारको जिम्मा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिएको हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकी छन् ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ ।