काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ ।
बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म पनि बस्न नसकेपछि सूचना टाँसेर सारिएको हो ।
बैठक अर्थमन्त्री प्रकरणका कारण समयमा बस्न नसकेको हो । बैठक सुचारु गर्ने विषयमा सभामुख सापकोटाले दलका नेतासँग छलफल गरिरहेका छन् ।
बजेट निर्माणका क्रममा मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको आरोप छ ।
बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
