बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने

बुधबार, असार २२ २०७९

काठमाडौं । निर्वाचन आयोगले आज सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लागेका हुन् ।

आयोग पदाधिकारीहरूका अनुसार आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ ।

मंगलबार आयुक्तहरूबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोतले बतायो ।  

आयोगले आगामी मंसिर २ वा ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्न लागेको हो। आयोगसँगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।

आयोगले आयोगले मिति सिफारिस गरेपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।