काठमाडौं । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवादबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।
बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् ।
आज बिहानै फेसबुकमार्फत आफ्नो धारणा राख्दै खड्काले विगतमा पनि संसदीय छानबिनको परम्परा रहेको स्मरण गरेका छन् ।
उनले लेखेका छन्–
बजेट निर्माणको बेलाको बिषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गंभीर चासोको बिषय बनी सकेपछि यो बिषयलाई बिश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ।
बिगतमा पनि संसदको यस्तो परम्परा छ
बरु ढिलो नगरौ संसदबाट आजै संसदिय समिति निर्माणको टुङ्गो लगाउँ