काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२ औँ प्राज्ञ–सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित हुनुका साथै पर्यटन प्रवद्र्धन हुने बताए ।
प्रधानमन्त्री देउवाले नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै सांस्कृतिक विविधता नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको बताए ।
उनले सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगिचंगी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकारको दृढ रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले कलाकारहरुको प्रतिभालाई राष्ट्रिय हीतमा परिचालन गर्नका लागि जोड दिनुपर्ने बताए । कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।