काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे परामर्श गर्न प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछ।
प्रमुख आयुक्त दिनेश कुमार थपलियासहितको टोलीले आज दिउँसो प्रधानमन्त्री देउवासँग परामर्श गर्न लागेको आयोग स्रोतले जनाएको छ।
आयोगले मंसिर २ वा ५ गतेका लागि निर्वाचनको मिति प्रस्ताव गर्न लागेको जनाइएको छ।