शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जसपा औपचारिक विभाजनको घोषणा हुँदै

मंगलबार, असार २१ २०७९

काठमाडौँ – सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । 

भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रुपमा विभाजनको घोषणा हुन लागेको हो । 

यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजन हुने बताइएको छ । राजधानी दैनिकबाट