काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आब्हान गरेको पदाधिकारी बैठकमा शेखर कोइराला पक्षले पाँच बुदेँ असन्तुष्टी दर्ज गर्ने भएको छ ।
बैठकमा पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएको हो ।
गत बिहिवार बसेको कोइराला समूहको बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको देखि सभापति शेरबहादुर देउवा पार्टीको सभापति नभएर गुटको सभापति भएको भन्दै ‘रचानात्मक बिद्रोह’ गर्ने जनाएको थियो ।
महामन्त्री गगन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थीति थियो । मुलतः पार्टीको भातृ संगठनको बिषय देखि समसमायिक राजनीतिक बिषयमा छलफल हुने बताइएको छ ।
उक्त बैठकले देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए । महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग अहिलेसम्म गठन गरेका छैनन् ।
नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाउँदै आएका छन् ।
बैठकमा सरकार सञ्चालन देखि अन्य बिषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक बिद्रोह’ गर्ने केन्द्रिय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन् ।