शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचार मुद्दा चलाउन एमाले नेता भट्टराईको माग

सोमबार, असार २० २०७९

काठमाडौं  । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थ मन्त्रालयको सीसीटिभी फुटेज मेटियो भन्नु कानुनको बाध्यकारी व्यवस्थाको बर्खिलाप भएको भन्दै त्यसका मतियारलाई कारबाहीको माग गरेका छन्। 

बजेट आउनु अघिल्लो दिन मध्यरातमा अनाधिकृत व्यक्ति छिरेर करका दर फेरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मा र अर्थ मन्त्रालयमाथि नै गम्भीर प्रश्न उठेको छ। हिजो मात्रै अर्थ मन्त्रालयले उत्त दिनको सीसीटिभी फुटेज मेटिएको जनाएको थियो।

उक्त भनाइले अनाधिकृत ब्यक्तिहरु मार्फत अर्थमन्त्रीले सेटिङ्का करका दर हेरफेर गरेको प्रमाणीत भएको स्पष्ट हुने एमाले नेता भट्टराईले बताएका छन् ।

सामाजिक संजाल मार्फत उनले फुटेज तीन महिनासम्म सुरक्षित राख्नु पर्छ भन्ने कानुनको वाध्यकारी ब्यबस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारी माथि राजश्वका दर हेरफेर गर्ने मतियारका रुपमा कार्वाही हुनु पर्ने बताएका छन् ।

‘अनाधिकृत ब्यक्तिहरु मार्फत अर्थमन्त्रीले सेटिङ्मा करका दर हेरफेर गरेको प्रमाणीत भएको स्पस्ट हुन्छ । अर्थमन्त्रीले राजिनामा गर्नु पर्ने कुराको थप पुष्टि भएको छ । अब अर्थमन्त्रीमाथि नितीगत भ्रष्टाचारमा अख्तियारले छानबीन गरी मुद्धा चलाऊनु पर्छ ।’ उनले लेखेका छन् ।