शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बागमती नदीमा पौडी खेल्लाखेल्दै दुई भारतीय बेपत्ता, एक जनाको उद्धार

आइतबार, असार १९ २०७९

रौतहट । रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय नागरिक बागमती नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ । 

चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । 

नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो । अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जैसवारले जानकारी दिए ।

उनीहरु भारतीय नम्बर प्लेट बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा घुम्न आएका थिए । 

घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रहरीटोली खोजी कार्यमा जुटेको छ ।