शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सत्ता गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

शनिबार, असार १८ २०७९

बारा  । सत्ता गठबन्धनका शीर्ष नेताहरू आज बाराको निजगढमा पुगेका छन् ।

विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । 

उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि  निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेका छन् । 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्नी शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत नेता निजगढ पुगेका हुन् । 

कार्यक्रममा प्रधानमन्नी देउवाले अहिले कम्तिमा दुई लेनको मात्रै भए पनि विमानस्थल बनाउनु पर्ने बताए । यसमा अरूले अवरोध गर्नको कुनै अर्थ नभएको पनि उनले बताए ।

विमानस्थबारे सर्वोच्चको आदेशबारे प्राय सबै राजनीतक दलका नेताहरू एक देखिएका छन् ।