काठमाडौ पुस १२
आज नेप्से २५ दसमलव चार अंकले घटेर १४ सय सात दसमलव ५३ बिन्दुुमा कायम रहेको छ । सेन्सिटिभ पनि पाँच दसमलव ४८ अंकले घटेर तीन सय तीन दसमलव ७३ अंकमा सिमित रहेको छ । आज एक सय ३० कम्पनीहरुको चार हजार आठ सय १८ वटा कारोवारमा १० लाख ४१ हजार दुई सय २० वटा कारोवार भएकोमा ५९ करोड ५३ लाख ७४ हजार तीन सय ८३ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सात वटा समुहको कारोवार भएकोमा सातै वटा समुहको कारोवार घटेपछि नेप्से पुरै रातो भएको छ । बीमा समुहको सुचक एक सय ९१ दसमलव ६३ अंकले घटेर छ हजार चार सय ६९ दसमलव ६५ अंकमा कायम रहेकोमा १८ करोड ५२ लाख ४७ रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक ३० दसमलव ७२ अकले घटेर १६ सय ६८ दसमलव ६६ अंकमा कायम रहेकोमा एक करोड ९१ लाख छ हजार दुई सय रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक २४ दसमलव १४ अंकलेघ टेर १३ सय ३३ दसमलव ७० अंकमा कायम रहेकोमा २४ करोड ५३ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक २१ दसमलव ८३ अंकले घटेर १४ सय ८९ दसमलव ४२ अंकमा कायम रहेकोमा छ करोड ९४ लाख ४२ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, फाईनान्स र अन्य समुहको सुचक पनि आज उच्च बिन्दुले घटेको छ आज बढी कमाउने कम्पनीको सुचीमा एनबी इन्स्योरेन्स परेको छ भने गुमाउने कम्पनीको सुचीमा मञ्जुश्री फाईनान्स परेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ एनबी इन्स्योरेन्स कम्पनी ५६६ ९.९०
२ राप्तीभेरी बिकास बैक ३५३ ३.५२
३ पोखरा फाईनान्स २४२ ३.४२
४ माछापुच्छे बैक ३९५ २.६०
५ कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैक १४७७ १.९३
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ मञ्जुश्री फाईनान्स १६२ ९.४९
२ प्रिमियर इन्स्योरेन्स कम्पनी ११२० ९.३८
३ प्रोग्रेसिभ फाईनान्स १५५ ८.८२
४ नेपाल इन्स्योरेन्स कम्पनी ७४५ ८.८१
५ एनएलजी इन्स्योरेन्स १३५५ ८.१३