बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

बिहिबार, असार १६ २०७९

काठमाडौं । सकृय मनसुनका कारण केही दिनदेखि देशका विभिन्न भूभागमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

आज बिहान देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
 
दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागका  धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।