बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से ४२ अंकले घट्यो, ४८ करोडको सेयर बिक्री

सोमबार, पुष ११ २०७३

काठमाडौ पुस ११
आज सोमबार नेप्से४२ दसमलव ८४ अंकलो घटेर १४ सय ३२ दसमलव ५७ अंकमा झरेको छ । सेन्सिटिभ पनि नौ दसमलव पाँच अंकले घटेर तीन सय नौ दसमलव २१ अंकमा झरेको छ ।  आज एक सय ३० कम्पनीहरुको चार हजार दुई सय ३७ वटा कारोवारमा १५ लाख ५० हजार दुई सय ५५ कित्ता सेयर खरिद बिक्री भएकोमा ४८ करोड १२ लाख ४७ हजार दुई सय सात रुपैयाँको सेयर किनबेच भएको छ । 
आज सात वटा समुहको कारोवार भएकोमा सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक तीन सय ११ दसमलव एक अंकले घटेर छ हजार छ सय ६१ दसलव २८ बिन्दुमा सिमित रहेकोमा १२ करोड ४६ लाख १४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक ४० दसमलव ८६ अंकले घटेर १३ सय ५७ दसमलव ८४ बिन्दुमा सिमित रहेकोमा २३ करोड दुई लाख २४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बिकास बैक समुहको सुचक ३७ दसमलव पाँच अंकले घटेर १५ सय ११ दसमलव २५ बिन्दुमा सिमित रहेकोमा सात करोड १४ लाख तीन हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
जलबिद्युत, फाईनान्स, होटल र अन्य समृहको सुचकमा पनि  उच्च गिरावट देखिएको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता छन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार  मुल्य     आज बढेको मुल्य 
१    जनउत्थान सामुदायिक लघुबित्त १८०९            ९.९७
२    मेरो माईक्रो फाईनान्स        ५३५            ९.८६
३    एनबी इन्स्योरेन्स कम्पनी    ५१५            ७.७४
४    आईएलएफसिओ माईक्रो फाईनान्स    ७००        ७.२५
५    कैलास बिकास बैक (संस्थापक)     ३५७            २
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य     आज घटेको मुल्य 
१    नागवेली लघुबित्त बिकास बैक    ३०९४            ९.९८
२    कर्णाली बिकास बैक        २१७            ९.९५
३    गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स    २२७            ९.९२
४    प्रोग्रेसिभ फाईनान्स        १७०            ९.५७
५    प्रिमियर इन्स्योरेन्स कम्पनी    १२३६            ८.४४