बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, असार १५ २०७९

काठमाडौँ – बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी बिनोद लामा भन्ने ४३ बर्षिय बिनोद घिसिङलाई आज मंगलबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो ।

सिआईबीका अनुसार रामेछाप जिल्ला,सुनपाती गा.पा.वडा नं.४ स्थायी वतन भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा.वडा नं.६ जोरपाटी बस्ने बर्ष ४३ का बिनोद लामा भन्ने बिनोद घिसिङले मेगा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।

सोही अनुसार बैंकिङ् कसूरका तीन थान मुद्दाहरुमा बिसं २०७८पुस २७ गते फैसला गर्दै प्रतिवादी घिसिङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा २१ दिन कैद र एक करोड दुई लाख ५० हजार रुपैंयाँ जरिवाना हुने ठहर गरेकोमा सिआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले आज मंगलबार काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज नैं काठमाडौं जिल्ला अदालतमा पेश गरेको गरेको सिआईबीले जानकारी दिएको छ ।