काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले कृषि क्षेत्रमा मधेसको अमुल्य योगदान र प्रचुर सम्भावनाको भुमि रहेकाले यसलाई व्यवस्थित बनाउदै उत्पादन शक्तिमा वृद्धि गर्नु पर्ने बताएका छन् l
उद्योग वाणिज्य संघ सिरहाको ३३ औँ वार्षिक साधारणसभा एवंम अधिवेशनलाई सम्बोधन गर्दै सुमार्गीले हाल विश्वव्यापी जारी आर्थिक संकटबाट पार गर्न नेपालमा कृषिको सम्भावना नै एउटा अन्तिम सम्भावना रहेको बताएका छन् l यस संकटलाई चिर्न मधेशका सम्भावना माछा र आपलाई कृषि हतियारका रुपमा प्रयोग गर्दै कृषि क्रान्तिको सुरुवात गर्ने बताए l
उनले आफुले कृषि उद्यम केन्द्रको सभापतिको रुपमा उद्योग वाणिज्य महासंघ मार्फत विभिन्न कार्यक्रम अघि बढाइरहेका बताउदै कृषि नै मुलकको सम्मृद्धीको आधार भएको पनि बताए । मधेश प्रदेश सरकारसंग मिलेर सय किसान अभियानलाई थप व्यवस्थित बनाउने र मधेसका खाली जमिनमा व्यवसायिक कृषिको आयाम ल्याउन आफु निरन्तर लागिरहेको बताए l
लहानमा जारी सधारणसभा संघका अध्यक्ष अशोकलाल अमात्यको अध्यक्षतामा भएको र मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सभा उद्धघाटन गरेका थिए ।