झापा । देशभर मनसुन सक्रिय रहेको मौसम विभागले जनाएको छ ।
केही दिन यता देशभर सामान्यदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच झापा क्षेत्रमा केही घण्टा अघिदेखि भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
मेची, कन्काई, बिरिङ, निन्दा लगायत साना तथा ठूला नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील गरिएको छ ।