काठमाडौं । आफू भन्दा कनिष्ठ एआईजीलाई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै न्याय खोज्दै सर्बोच्च अदालत पुगेका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको हेर्दाहेर्दैमा रहेको मुद्दाको अन्तिम सुनवाई आज हुँदैछ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।
एआईजी पोखरेलले आफूभन्दा १७ महिना जुनियर सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ ।