काठमाडौ पुस
फेवा बिकास बैकले चुक्ता पुंजीको ९९ करोड ५० लाख रुपैयाँको २० दसमलव ६० प्रतिसतको अनुपातमा २० करोड ४९ लाख ७० हजार रुपैयाँ बोनस सेयर दिने भएको छ ।
बोनस सेयर बितरण सम्वन्धी निर्णय बैकको यही पुस २९ गते हुने नबौं बार्षिक साधारण सभाले पारित गर्ने छ । सभाले अधिृकत पुंजी तीन अर्ब रुपैयाँ पुर्याउने, जारी पुंजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार दुई सय रुपैयाँ पुर्याउने तथा चुक्ता पुंजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार दुई सय रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने छ । यसबाहेक सभाले फेवा र गण्डकी बिकास बैकसंगको मर्जर प्रकृयालाई प्ुर्णता दिने प्रस्ताव समेत पारित गर्ने छ ।