शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नागरिक लगानी कोषको बोनस शेयर घोषणा

आइतबार, असार १२ २०७९

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस शेयर  वितरण गर्ने भएको छ । 

कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिथशत बोनस शेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

प्रस्तावित बोनस शेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ । 

कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।