बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

काठमाडौंको रविभवनमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

आइतबार, असार १२ २०७९

काठमाडौं । काठमाडौंको रविभवनमा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

त्यसपछि अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसमा मोटरसाइकल पुनः ठोक्किएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ७ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका–७ का ३१ वर्षीय राजु दुतराजको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा गएको मध्यराति मृत्यु भएको हो । 

दुर्घटनामा संलग्न दुबै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।