शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लोकदोहोरी गायिका दिलमाया मृत भेटिइन्

आइतबार, असार १२ २०७९

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी छन् ।

सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । श्रीमानसँग सम्बन्धविच्छेद पश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।

गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । लाइभ दोहोरी गायनमा बढी सक्रिय रहेकी उनी केही महिना अघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।