बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सनराईज बैकको सञ्चालकमा जोशी

शुक्रबार, पुष ८ २०७३

काठमाडौ पुस ८
सनराईज बैकको डाईरेक्टरमा ओम कृष्ण जोशी नियुक्त भएकाछन । बैक संचालक समितिको मिति मंसिर ३० मा बसेको बैठकको निर्णयानुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १२ को उपदफा २ बमोजिम नेपाल राष्ट्र बैंकले कायम गरेको व्यवसायिक विशेषज्ञको सूचिबाट एकजना ब्यबसायिक संचालक नियुक्ति गर्नु पर्नेछ भन्ने प्रावधान एवं बैंकको नियमावलीको नियम २९(१) बमोजिम नेपाल राष्ट्र बैंकबाट व्यवसायिक विशेषज्ञको नामावली सूचिमा नाम सूचिकृत हुनु भएका ल. पु. उप–म. न. .पा. वडा नं. ४ बस्ने ओमकृष्ण जोशीलाई ४ बर्ष अवधिको लागि व्यवसायिक विशेषज्ञ संचालकमा नियुक्त गरिएको हो । 
यसैगरी बैकले यही पौस २५ गते बिशेष साधारण सभा बोलाईको छ । बैकको बुधबार बसेको सञ्चालक समितीको दुई सय ५८ औ बैठकले बिशेष सभा समेत बोलाएको छ ।