झापा । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
गौरादह ३ स्थिति घरकाे गेट अगाडि कुकर बम जस्तो शंकास्पद बस्तु फेला परेको कार्कीले बताए । उनका अनुसार बिहान ५ बजेतिर घरको मुख्य गेट अगाडि त्यो वस्तु देखिएको थियोे ।
बम जस्तो देखिने वस्तु निस्कृय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली जाँदै गरेको सुरक्षा स्रोतले जनाएको छ ।
कार्की झापा क्षेत्र नम्बर ५ बाट दुई पटक संविधानसभाका सदस्य बनेका थिए ।