काठमाडौ पुस ७
जनरल फाईनान्सले औपचारिक कारोवार सुरु गरेको छ । गर्भनर डा चिरञ्जीवी नेपालले समस्याग्रस्त मुक्त घोषणा भएको जलरल फाईनान्सको औपचारिक कारोवारको उद्घाटन गरेकाछन ।
गैरआवासीय नेपालीहरुको लगानी भित्र्याई बित्तीय अवस्था बलियो बनाए पश्चात पुस ३ गते राष्ट्र बैकले उक्त फाईनान्सलाई समस्याग्रस्त मुक्त घोषणा गरेको हो । कार्यक्रममा गर्भनर नेपालले यो घोषणाले बैकिङ क्षेत्रमा सकारात्मक सन्देश गएको बताएकाछन । यसैगरी फाईनान्सका अध्यक्ष पदम न्यौपाने अवको समय फाईनान्सले बिगतको गल्ती नदोहोर्याउने बताएकाछन ।
यसअघि राष्ट्र बैकले फाईनान्सलाई बिसं २०७० साल जेठमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त समयमा फाईनान्समा ५६ करोड रुपैयाँ कर्जा रहेको थियो भने निक्षेप ४१ करोड १९ लाख ६४ हजार रुपैयाँ रहेको थियो । तर हाल फाईनान्समा यस्तो कर्जा १७ करोड सात लाख ४८ हजार रुपैयाँ रहेको छ भने निक्षेप एक करोड ८७ लाख ११ हजार रुपैयाँ रहेको छ ।