भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका ८ आर्दशचोक नजिकै गएराति मोटरसाइकल र ट्रिपर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको थियो ।
ट्रिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।