काठमाडौं । शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मंगललबार राति प्रदेश- ३-०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताए।
टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिए ।