बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त 

बुधबार, असार ८ २०७९

काठमाडौं । नेकपा एमालेकी प्रदेश सभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् ।

मोहीको जग्गा नामसारीका लागि सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि उनी पदमुक्त भएकी हुन् ।

जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि खातुनको दोष प्रमणित भएको हो । खातुनले मुद्दा दोहो¥याउन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि खातुनले सर्वोच्च गएकी थिइन् ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहो¥याउन अनुमति नहुने आदेश जेठ २५ गते गरेको थियो ।
उनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखतसमेत नक्कली बनाइ जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकालेको पाइएको छ । 
एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि खातनविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो ।