काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल मार्फत यस्तो धारणा राखेका हुन् । इन्धनमा भएको मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महंगी बढ्ने बताउँदै यस्तो अचाक्ली महँगीले जनताको ढाड भाँचिदै गर्दा समेत सरकारले पहल नगरेको भन्दै टिप्पणी गरेका छन् ।
गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको भट्टराईको भनाइ छ ।
