बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आव्हान

मंगलबार, असार ७ २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल  नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । बाँकी प्रदेशमा मनसुनको प्रभाव देखिएको छैन ।

अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

बिहान प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्क रहन आव्हान समेत गरिएकाे छ ।