काठमाडौं – वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार चितवनको खैरहनी न.पा.वडा नं ४ घर भई बैंकिङ कसुरको अभियोगमा ३५ बर्षिय फरार प्रतिवादी धन बहादुर तामाङ्ग चितवनको खैरहनीबाट पक्राउ गरिएको हो ।
सिआईबीका अनुसार प्रतिवादी तामाङ्ले पर्याप्त मौज्दात रकम नभएको कुमारी वैंक लिमिटेड, सौराहा शाखामा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७५ भदौ १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर अदालतले गरेको थियो । सोही आधारमा वैंकिङ् कसूर मुद्दामा प्रतिवादीलाई उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू भई फरार रहेका थिए ।
पक्राउ परेका तामाङलाई सोमबार नैं फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेको गरिएको सिआईबीको भनाई छ ।