काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको फेरि भाडा वृद्धि गरेको छ ।
हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक सवारी साधनको भाडा पुनः बढाइएको हो ।
यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुनेमा ७.७ प्रतिशतले भाडा बढेको छ ।