काठमाडौं । एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरिरहेको छ ।
यस लिलामी शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असार १५ सम्म आवेदन दिन मिल्नेछ ।
लिलामी शेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा खोलिनेछ ।