शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ट्रिपरको ठक्करबाट काठमाडौ चप्पल कारखाना नजिक पैदलयात्रीको मृत्यु 

सोमबार, असार ६ २०७९

काठमाडौं ।  काठमाडौं  महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराति ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । 

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको ट्रिपरले गएराति पौने ११ बजे तिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी छ । 

ट्रिपर चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।