काठमाडौ पुस ४
अन्पाईन डेभलपमेन्ट बैकले हकप्रद सेयर दिने निर्णय गरेको छ । बैकको पछिल्लो पटक बसेको सञ्चालक समितीको एक सय २० औं बैठकले चुक्ता पुंजीको तीन बराबर दुई दसमलव आठको अनुपातमा हकप्रद सेयर बितरण गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय बैकको आगामी बार्षिक साधारण तथा सम्वन्धीत निकायको स्वीकृती पश्चात कार्यान्वयनमा आउने छ । हाल चुक्ता पुंजी २१ करोड ९७ लाख ३२ हजार रुपैयाँ रहेको बैकले चालुआर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ५४लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।