काठमाडौ पुस १
हिमालयन बैकले चुक्ता पुंजीको ३० प्रतिसतको अनुपातमा एक अर्ब ३४ करोड ९७ लाख ४३ हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । यसबाहेक बैकले कर प्रयोजनको लागि एक दसमलव ५७ प्रतिसतको अनुपातमा सात करोड १० लाख ३९ हजार एक सय ३२ रुपैयाँ नगद लाभांस बितरण गर्ने निर्णय गरेको छ । लाभांस बितरण सम्वन्धी निर्णय बैकको पुस २२ गते हुने २४ औैं बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने बैकले जनाएको छ ।