काठमाडौ मंसिर २९
नेप्से बढेको भएपनि कारोवार रकम भने आज घटेको छ । नेप्से छ दसमलव ६५ बिन्दुुले बढेर १५ सय ५१ दसमलव आठ बिन्दुुमा कायम रहेको छ । सेन्सिटिभ पनि एक दसमलव ५४ अंकले बिन्दुुले बढेर तीन सय २८ दसमलव १५ बिन्दुुमा कायम रहेको छ । आज एक सय ३७ कम्पनीहरुको तीन हजार सात सय ३९ वटा कारोवारमा सात लाख ५३ हजार पाँच सय ९५ कित्ता सेयर खरिद बिक्री छ भने ४८ करोड ६१ लाख ९९ हजार नौ सय १२ रुपैयाँको कारोवार भएको छ ।
आठ वटा समुहको कारोवार भएकोमा होटल र फाईनान्स समुहले कारोवार घटेको छ भने बाँकी समुहले कमाएकाछन । उच्च अंंकले बढेको बीमा समुहको सुचक ५९ दसमलव ६६ बिन्दुले बढेर सात हजार दुुई सय १० दसमलव १५ बिन्दुमा कायम रहेको छ भने १० करोड ८७ लाख ६१ हजार रुपैयाँको कारोवार भएको छ । उत्पादनमुलक समुहको सुचक १५ दसमलव ३६ बिन्दुले बढेर २२ सय २७ दसमलव ९८ बिन्दुुमा कायम रहेको छ भने १० लाख ४९ हजार पाँच सय ९० रुपैयाँको कारोवार भएको छ । यसैगरी बाँणिज्य बैक समुहको सुचक सात दसमलव ८२ अंकले बिन्दुुले १४ सय ४८ दसमलव ३३ अंकमा कायम रहेको छ भने २६ करोड ६० लाख ५५ हजार रुपैयाँको कारोवार भएको छ । बिकास बैक जलबिद्युुत र अन्य समुहको सुचक आजमा आज सामान्य सुधार देखिएको छ ।
गुुमाउने समुहमा परेको होटल समुहको सुचक १३ दसमलव १४ बिन्दुुल घटेर १८ सय ५९ दसमलव ४० बिन्दुुमा कायम रहेको छ भने १४ लाख ४९ हजार तीन सय ९० रुपैयाँको कारोवार भएको छ । आज फाईनान्स समुहको सुचक पनि घटेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ताछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य बढेको सेयर मुल्य
१ हिमालयन डिष्ट्रिलरी लिमिटेड ७३१ ९.९२
२ नेशनल लाईफ इन्स्योेरेन्स कम्पनी २२३९ ४.४३
३ नागवेली लघुबित्त बिकास बैक २६५८ ४.२४
४ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १३१० ३.८९
५ ग्रिन डेभलपमेन्ट बैक ३८० ३.५४
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य घटेको सेयर मुल्य
१ अरुण फाईनान्स १५४ ९.९४
२ कर्णाली बिकास बैक २७० ५.२६
३ नेपाल कम्युनिटी डेभलपमेन्ट बैक २९५ ४.२२
४ मिथिला लघुबित्त बिकास बैक १४४१ ३.९३
५ नयाँ नेपाल लघुबित्त बिकास बैक १०३३ ३.९०