ग्लोबल आइएमई बैंक लिमिटेडको आझ सम्पन्न विशेष साधारण सभाले लमजुङ जिल्ला बेसीशहर मा केन्द्रिय कार्यालय रहेको विगत ७ वर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आएको रु.१३ करोड चुक्ता पूँजी रहेको प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रतिबेदनको सिफारिस अनुसार प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्ने सहितको विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । उक्त प्राप्ति पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु.६अर्व २५करोड ६३लाख पुग्ने छ । प्राप्ति (एक्विजिसज) सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई यही पौष १५ गते भित्रमा एकिकृत कारोवार गर्ने लक्ष रहेको छ ।हाल सम्म यस बैंक ले सबै भन्दा धेरै संस्था मर्ज गर्ने निजि क्षेत्रमा पहिलो बैंक हो
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ८१ अर्व निक्षेप, ६९ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा नेपाल सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १वटा सि.डि.एस.काउण्टर रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।