काठमाडौं मंसिर २७
मुक्तिनाथ विकास बैकले नवलपरासीको गोपीगंज शाखा सञ्चालनमा ल्याएको छ । बैकका अध्यक्ष मिन प्रसाद गुुरुङले आज सोमबार औपचारिकरुपमा शाखाको उद्घाटन गरेका हुुन । बैकले ग्रामीण भेगमा बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले नवलपरासी जिल्लाको जमुनिया गाविस वार्ड नं. ४, गोपिगञ्जमा २०७१ साल श्रावण एक गतेदेखि सञ्चालित लघुवित्त सेवाको अतिरिक्त आधुनिक बैंकिङ्ग सेवा समेत सञ्चालनमा ल्याएको थियो ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको उद्देश्य, रणनीति, सेवा सुविधाहरु एवं भावी कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । सो कार्यक्रममा स्वागत मन्तब्य शाखा प्रबन्धक टुल्का प्रसाद काफ्लेले राख्नु भएको थियो भने, गोपिगञ्ज आसपासका भद्रभलाद्मी तथा समाजसेवीहरुको उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रममा उखु किसान संघका अध्यक्ष उमेश यादब, समाजसेवीहरु गणेश प्रसाद पोख्रेल, लक्ष्मण ज्ञवाली, क्षेत्र बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जान्ु पर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो ३० वटा आधुनिक बैंकिङ्ग, १७ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर सहित ४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गरिरहेको छ । बैँकले हालसम्म कुल १२ अर्ब ७६ करोड निक्षेप संकलन गरी १२ अर्ब १८ करोड कर्जा लगानी गरेको बैकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।