बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मधेश प्रदेश: भोलिबाट बजेट अधिवेशन सुरु, नीति तथा कार्यक्रम जेठ २१ मा

बुधबार, जेष्ठ १८ २०७९

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशसभाको नवौँ अधिवेशन जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरेकाे छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम भने आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । 
आव २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताए ।

यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको मन्त्री छ । 

नीति तथा कार्यक्रमपश्चात प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।