बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आशा लघुवित्तद्धारा शाखा बिस्तार

शनिबार, मंसिर २५ २०७३

काठमाडौ मंसिर २५ 
आसा लघुबित्त बित्तीय संस्थाले शाखा बिस्तार गरेको छ । संस्थाले वर्दियाको सानोश्री ताराताल तथा कैलालीको टीकापुरमा शाखा बिस्तार गरेको हो । शाखा स्थापनाका अवसरमा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरुको समेत उपस्थिति रहेको संस्थाले जनाएको छ । 
सो अवसरमा विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित यस राष्ट्रिय स्तरको लघुवित्तीय संस्था पहुँच अभिवृद्धिका क्रममा शाखाहरु स्थापना गर्ने क्रममा रहेको जानकारी पनि उक्त अवसरमा दिइयो । यी दुइ शाखाहरु सहित सस्थाको कुुल शाखा संख्या छ वटा पुुगेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले मदानपुर – ७, जुरेथुममा केन्द्रीय कार्यालय स्थापना गरी भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।