बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौंको मतगणना अन्तिम चरणमा, वडा नम्बर १३ मा एमाले विजयी

बिहिबार, जेष्ठ १२ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए ।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन् । खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए । 

महानगरको मेयरमा विजय निश्चित भइसकेका बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार उनले अहिलेसम्म ५९ हजार १४९ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा गठबन्धन तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् । अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ । 
महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।