बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावमा सत्ता पक्षले राज्यसत्ताको दुरुपयोग गर्यो

बिहिबार, जेष्ठ १२ २०७९

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले कम सिट जित्नुमा गठबन्धन कारक रहेको उल्लेख गरेका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले गठबन्धनले राज्यसत्ताको दुरुपयोग गरेका कारण चुनावी परिणाम तलमाथि भएको दाबी गरेका हुन्।

साथै एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । बैठकमा सहभागी एक सांसदले भने ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन l’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए ।