सन्फ्रान्सिस्को, मंसिर २२ । एप्पल कम्पनीले निर्माण गरेको आइफोन उत्पादनहरु चीनमा देखिएको विष्फोटको बाबजुद सुरक्षित रहेको पाइएको छ । आइफोनका ब्याट्रिहरु विष्फोट हुने समस्या बाहिरी करणले देखिएको र यो समस्या ब्याट्रिको समस्यसँग सम्बन्धित नरहेको एप्पलले बताएको छ । यसअघि चीनका आठजना प्रयोगकर्ताहरुले चिनियाँ विभागमा आइफोन६ ले छिटै आगो टिपेको र विष्फोट भएको गुनासो गरेका थिए ।
आइफोनको विषयमा देखिएको समस्याको विषयमा चिनियाँ विभागले आधिकारिक बिक्रेता एप्पलसँग छलफल गरेको थियो । यस विषयमा अनुसन्धानको क्रममा एप्पल कम्पनीले आफ्नो उत्पादनमा कुनै किििसमको खराबी नभेटिएको विवरण सार्वजनिक गरेको हो । यसले यस किसिमका उत्पादनहरु विष्फोटका बाबजुद सुरक्षित रहेको देखाएको हो । एक प्रविधि विश्लेषकले समाचारमा आएजस्तो उग्ररुपमा यस किसिमको समस्या भेटिएकोमा विश्वास नरहेको बताएका छन् । साथे भेटिएका केही गुनासोहरुमा पनि अत्यधिक तापको कारण विष्फोट भएको हुनसक्ने विश्लेषकहरुको भनाइ रहेको छ ।
गएको अगष्ट महिनामा आइफोन ६एसको विषयमा एक चिनियाँ महिलाले आफू पीडित भएको उजुरी पनि दिएकी थिइन् तर अहिले उनले दिएको उजुरीको विषयमा पनि अनुसन्धान भइरहेको बताइएको छ । उनले ढिलो उजुरी गर्नुको कारणको विषयमा अनुसन्धान चलिरहेको बताइएको छ । एप्पल कम्पनीले सुरक्षाको विषयमा उठेका गुनासोहरु कम्पनीको प्राथमिकतामा परेको र यस विषयमा गम्भीर अध्ययन गरिएको कम्पनीले बताएको छ । यद्यपि पछिल्लो अनुसन्धानमा भने यस किसिमको कुनै पनि समस्या रहेको नदेखिएको एप्पलले स्पष्ट पारेको छ । एजेन्सी