काठमाडौं । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहकै वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतले अग्रता लिएका छन् ।
गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी सिंहले मतदान गरेको काठमाडौंको १६ नम्बर वडामा साहले २५ सय ६९ मत पाएका छन् प्रतिस्पर्धी सिंहले ११ सय ९० मत पाइन् । एमाले उम्मेदवार केशव स्थापितले ९ सय ९० मत पाए ।
अहिलेसम्म उक्त वडामा कुल खसेको १२ हजार ३ सय ३६ मतमध्ये ६ हजार ४ सय ५३ मत गणना भएको छ ।