बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

क्यासियर विनाको अमेजनको नयाँ स्टोर

बुधबार, मंसिर २२ २०७३

सन्फ्रान्सिस्को, मंसिर २२ । अनलाइन सेवाप्रदायक कम्पनी अमेजनले अमेरिकामा एक नयाँ प्रयोगको योजना अघि सारेको छ । उसले खजाञ्चीविनाको स्टोरको प्रयोग गर्ने भएको हो । अमेरिकाको सेटलमा राख्न खोजिएको यो स्टोरले आगामी दिनमा कम्पनीको सेवा केही प्रभावकारी हुने विश्वास लिइएको छ । खजाञ्चीविनाको व्यवस्थाले ग्राहकहरुलाई सेवा लिनको लागि सहयोग पुग्ने बताइएको छ ।
अमेरिकी अनलाइन सेवाप्रदायकले आफ्नो सेवामा प्रयोगकर्ताहरुको ध्यान आकर्षित गर्नको लागि यस किसिमको व्यवस्था गर्नलागेको हो । अमेजनको व्यापारिक नतिजा पनि पछिल्लो समय उल्लेख्य रहेको अवस्थामा अहिले ल्याइएको योजना उसको लागि महत्वपूर्ण रद्द नसक्ने बताइएको छ । अहिले ल्याइएको योजनाअनुसार अमेजनका केही कर्मचारीहरुको सहयोगमा एउटा मात्र स्टोरको सुरुवात गर्ने र यो स्टोर आगामी वर्षबाट सार्वजनिकरुपमा सञ्चालनमा ल्याइने बताइएको छ । अमेजन कम्पनीले आफ्नो सेवामा विस्तारको साथै स्वचालित सवारीको लागि पनि उपयुक्त हुने किसिमको प्रविधि पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । 
अमेजन कम्पनीले आफ्नो व्यापारिक क्षेत्रमा विस्तारको लागि पछिल्लो समय मोबाइल प्रयोगकर्ताहरुले उल्लेख्य सहयोग पु¥याएको विवरण सार्वजनिक गरेको छ । पछिल्लो समय स्मार्टफोनको व्यापारिक क्षेत्र पनि व्यापक बन्दै गइरहेकोले अमेजनको व्यापारिक क्षेत्र पनि केही फराकिलो हुने अनुमान गरिएको हो । अहिले ल्याइएको योजनामा भने अमेजनको खातामा आफ्नो पैसा जम्मा हुन आवश्यक हुन्छ । सामग्रीहरु खरिद गरिसकेपछि स्वतः खाताको पैसा काटिन्छ । यसले कार्डको प्रयोग गर्ने मानिसहरुको लागि कार्ड बिर्सेको अवस्थामा पनि सामग्रीहरु खरिद गर्न सजिलो हुनेछ । 
अमेजन कम्पनीले अहिले अमेरिकामा विभिन्न किसिमका खाद्यान्नका सामग्रीहरुको व्यापार गर्दै आइरुहेको छ । अहिले अमेजन कम्पनीले प्रविधिको सहायताबाट समग्र कम्पनी सञ्चालन हुने हो वा अन्य कुनै प्रक्रिया पूरा गर्नुपर्ने हो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । अनलाइन व्यापारिक सेवाप्रदायकले आफ्ना केही सामग्रीहरुको व्यापारिक नतिजामा पनि विस्तारको लागि केही विशेष योजना ल्याउने तयारी गरिरहेको छ । अमेजनले आफ्नो सेवा विश्वव्यापी बनाउने क्रममा भारतमा पनि उल्लेख्य व्यापार विस्तार गरिरहेको छ । साथै विश्वव्यापी रुपमा आफ्नो लगानी पनि ल्याउने योजनामा कम्पनी रहेको छ । एजेन्सी