बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु विजयी

बुधबार, जेष्ठ ११ २०७९

काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन फेरि निर्वाचित भएका छन् ।

४२ हजार ७२२ मतसहित महर्जन नेपाली कांग्रेसबाट फेरि ललितपुरको मेयरमा निर्वाचित भएका हुन् ।

एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याएर महर्जनले जित हासिल गरेका हुन् ।

ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाएका छन् । यसअघि२०७४ सालको स्थानीय तहको चुनावमा पनि हरिकृष्ण ब्यञ्जनकारलाई नै पराजित गर्दै चिरिबाबु मेयर बनेका थिए ।