सन्फ्रान्सिस्को, मंसिर १९ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनीको रुपमा रहेको एप्पलले आफ्नो स्वचालित सवारी ल्याउने योजना सार्वजनिक गरेको छ । एप्पलले पहिलोपटक स्वचालित सवारीको अवधारणा सार्वजनिक गरेको हो । एप्पल कमपनीले स्वचालित सवारी निर्माणको लागि अमेरिकी नियामकहरुलाई पत्राचार गरेसँगै स्वचालित सवारीको योजना सार्वजनिक भएको हो ।
कम्पनीले ल्याउन लागेको स्वचालित सवारीहरु यातायातको साधनको रुपमा पनि प्रयोग हुनसक्ने बताइएको छ । एप्पलले स्वचालित सवारीको योजनाले अहिले यातायातको क्षेत्रमा समस्या भोगिरहेका मानिसहरुको लागि पनि सहयोग पुग्ने आशय अमेरिकी नियामकलाई लेखेको पत्रमा उल्लेख गरेको छ । प्रविधिको क्षेत्रमा काम गरिरहेको कम्पनीले अश्चर्यपूर्ण तरिकाले स्वचालित सवारी बजारमा ल्याउने निर्णय गरेको भएता पनि यस विषयमा आधिकारिक रुपमा भने उसले जानकारी गराएको छैन । यसअघि अमेरिकी सवारी निर्माता कमपनी फोर्डले पनि आफ्नो स्वचालित सवारी सन् २०२१ मा बजारमा ल्याउने निर्णइ गरिसकेको अवस्थामा अर्को अमेरिकी कम्पनीको यस किसिमको योजना सार्वजनिक भएको हो ।
पछिल्लो समय प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुले स्वचालित सवारी निर्माणको क्षेत्रमा चासो देखाइरहेको अवस्थामा एप्पल पनि यस विषयमा अछुतो रहन नसकेको हो । सामाजिक सञ्जाल कम्पनी गुगलले स्वचालित सवारी निर्माणको काम सकिएको र अहिले परीक्षणको क्रममा रहेको विवरण सार्वजनिक गरिसकेको अवस्थामा स्मार्टफोन कमपनीले ल्याएको योजना महत्वपूर्ण रहनसक्ने विश्लेषकहरुको भानाइ रहेको छ । प्रविधिको क्षेत्रमआ काम गरिरहेको कम्पनीले कारको विषयमा कारोबारको लागि इन्टरनेटको सुविधा ल्याएको थियो । जसको नाम एप्पल डट कार र एप्पल डट अटो रहेको थियो ।
एप्पल कम्पनीका प्रवक्ताले पछिल्लो समय गरिएको अनुरोधले एप्पल कम्पनीको लागि यातायातको क्षेत्रमा आफ्नो लगानी विस्तारको लागि पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै यसले यातायातको उद्योगको लागि पनि उल्लेख्य सहयोग पुग्ने उनकमो विश्वास रहेको छ । एप्पल कम्पनीले विभागलाई पठाएको पाँच पानाको विवरणमा स्वचालित सवारीको परीक्षणको क्रममा धेरै किसिमको नियमहरु नल्याउन पनि आग्रह गरिएको छ । यसअघि अमेरिकी सुरक्षा विभागले स्वभ्चालित सवारीको विषयमा आशंका व्यक्त गर्दै त्यसको सुरक्षाको लागि विभिन्न किसिमका नियमहरु ल्याएको थियो जसको कारण केही सवारी निर्माताहरु यसको परीक्षणको क्रममा हैरानीको सामना गरिरहेका छन् । एजेन्सी