बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिमान्चल विकास मंचको सम्मान कार्यक्रम

बुधबार, मंसिर १५ २०७३

धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमान्चल विकास मंचले आज सम्मान गरेको छ । सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधान्याधीश श्री कल्याण श्रेष्ठज्यूको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व पश्चिमान्चल विकास मंचका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।
देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवं सुरक्षा निकाय र ब्यापार–व्यवसाय मार्फत लामोसमयदेखि देशको सेवामा योगदान पु¥याउनु भएका र पु¥याउँदै आउनु भएका विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि र मंचका अध्यक्षले प्रमाण –पत्र सहित दोसल्ला ओडाएर सम्मान प्रकट गर्नुभएको थियो । नेपाल सरकारका रक्षा मन्त्री बालकृष्ण खाण र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधान्याधीश श्री कल्याण श्रेष्ठज्यूले समाजका लब्धप्रतिष्ठित र स्वनामधन्य व्यक्तित्वहरुलाई एकै ठाउँमा जम्मा गर्न पश्चिमान्चल विकास मंच सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूल धारमा लगाउन प्रेरणा मिलोस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । आयोजकका तर्फबाट मंचका अध्यक्ष एवं आईएमई समुहका अध्यक्ष तथा सफल युवा उधमी श्री चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई दक्षिणी छिमेकी मित्रराष्ट्र इण्डियाको नाका सुनौली र उत्तरी छिमेकी मित्रराष्ट्र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
मंचका अध्यक्ष श्री ढकालले मंचका शुभचिन्तक एवं नेपाल सरकारका पुर्व मुख्य सचिव तथा पुर्व परराष्ट्र एवं गृहमन्त्री माधव घिमिरेको दुः खद मोटर दुर्घटनाले आफु र संस्थालाई मर्माहत बनाएको भन्दै दुः ख व्यक्त गर्नुभएको थियो ।
वि.स. २०६२ मा स्थापना भएको पश्चिमान्चल विकास मंचमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध हुनुहुन्छ । गएको असारमा सम्पन्न मंचको नबौं अधिवेशनबाट श्री चन्द्रप्रसाद ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।